पूर्वपदाधिकारीहरूद्वारा गैरकानुनी रूपमा लिइएका सवारीसाधन फिर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १४

काठमाडौं — गैरकानुनी रूपमा सवारीसाधन प्रयोग गरिरहेका तीनजना पूर्वविशिष्ट पदाधिकारीहरूले ती सवारीसाधन फिर्ता गरेका छन्। अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती तथा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूसँग रहेका सवारीसाधन फिर्ता गरेका हुन्।

सरकारले कानुनअनुसार कुनै व्यवस्था नभएको अवस्थामा पनि राज्यका सवारीसाधन प्रयोग गरिरहेका पूर्वपदाधिकारीहरूलाई ती साधन फिर्ता गर्न आग्रह गरेको थियो। उक्त आग्रहपछि उनीहरूले स्वेच्छिक रूपमा सवारीसाधन फिर्ता गरेका हुन्।

अर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, “कानुनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरू मध्ये महरा, घर्ती र तिमिल्सिनाले सवारीसाधन फिर्ता गर्नु भएको आधिकारिक जानकारी प्राप्त भएको छ।”

अर्थ मन्त्रालयले यस्ता गैरकानुनी सुविधा लिने अन्य पूर्वपदाधिकारीमाथि पनि निगरानी राखिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *