|
२०८२ आश्विन १०
९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न दह्रो कदम चाल्ने बताएका छन्। विगतका सरकारहरू भ्रष्टाचार र कुशासनका कारण असफल भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले त्यस्ता कमजोरी दोहोर्याउन नदिने दाबी गरे।
जेनजी आन्दोलनमा भएको दमनसम्बन्धी छानबिन आयोगको प्रतिवेदनपछि मात्र दोषीमाथि कारबाही हुने बताए। निवर्तमान प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूको पासपोर्ट रोक्का गर्ने र अन्य आवश्यक कदम चाल्ने विषयमा अनुसन्धान निकायले निर्णय गर्ने स्पष्ट पारे।
अर्यालले प्रधानमन्त्रीले सुशासनमा खुट्टा टेक्ने प्रतिबद्धता जनाइसकेको स्मरण गराउँदै यदि सरकार असफल भयो भने जनताले प्रश्न उठाउने बताए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Andy2644
September 26, 2025https://shorturl.fm/aPOkg