|
२०८२ आश्विन ८
काठमाडौं — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव पेश गरेका छन्।
बुधबार सम्पन्न पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले आफूले अब अध्यक्ष पद नसम्हाल्ने स्पष्ट संकेत दिँदै राजीनामा दिने प्रस्ताव राखेका हुन्। बैठकमा भट्टराईले पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण र संगठनात्मक सुदृढीकरणका विषयमा समेत छलफल गरेका थिए।
उनी हालै केही समयदेखि सक्रिय राजनीतिबाट विश्राम लिने संकेत दिँदै आएका थिए। राजीनामा प्रस्तावबारे अन्तिम निर्णय भने पार्टीको औपचारिक प्रक्रियाबाट हुने जनाइएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्