|
२०८२ आश्विन ८
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-१ जलवीरेस्थित सडकखण्डमा हिँडिरहेका १७ वर्षीया फूलमाया लामा र उनकी ५ वर्षीया बहिनी मनमाया लामा पहिरोमा परेर बेपत्ता भएका छन्।
चौतारा साँगाचोकगढी-२ निवासी दिदीबहिनी जुगल-२ गल्छेमा रहेको मामाघर जाँदै थिए।
सडकमाथिबाट आएको लेदोसहितको पहिरोले उनीहरू बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले जानकारी दिए।
सडकमुनि ब्रह्यायणी नदी रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्