सिरहामा अपहरित १५ वर्षीय बालकको हत्या

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

सिरहा, ७ असोज – सिरहा जिल्लाको गोलबजार-१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

आइतबार राति बेपत्ता भएका अभिषेकको शव आज बिहान घरदेखि केही परको आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको सन्देश आएको थियो। घटनाबारे अनुसन्धान अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *