काठमाडौं — कक्षा १२ को मौका (पूरक) परीक्षा आज सोमबारदेखि सुरु भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बनेपछि स्थगित गरिएको थियो। स्थगित परीक्षा अब असोज ७ र ८ गते, दुई दिन सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार, आज पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछ।
एक विषयमा मात्र पूरक परीक्षा दिने विद्यार्थीको सबै विषयको परीक्षा आज हुने छ। दुई विषयमा पूरक परीक्षा दिने परीक्षार्थीका लागि पहिलो दिन सानो कोड भएको विषयको परीक्षा हुनेछ।
यदि परीक्षार्थीले अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयमा परीक्षा दिनुपर्नेछ भने, उनीहरूले आज अंग्रेजी र भोलि नेपाली विषयको परीक्षा दिनुपर्नेछ।
८ असोज, बुधबार, दोस्रो दिन, परीक्षार्थीले आफूले परीक्षा दिने दुई विषयहरुमध्ये ठूलो कोड भएको विषयको परीक्षा दिनेछन्। दोस्रो दिन अंग्रेजी विषयको परीक्षा हुने छैन।
सबै परीक्षा बिहान ११ बजेदेखि सुरु हुने छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्