कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या लगत्तै कारागाार नै फर्किए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ६

काठमाण्डौँ । श्रीमतीको हत्या गरेर फरार भएका सन्तबहादुर तामाङ कारागार नै फर्किएको खुलेको छ। पनौती नगरपालिका १२ तामाङले २०८० असोज ३ गते बिहान श्रीमती मनीषा तामाङको हत्या गरेका थिए । हत्या पश्चात् तामाङ सिधै नक्खु कारागार फर्किएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

गत भदौ महिनामा ‘जेनजी’ प्रदर्शनको दौरान नक्खु कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट फरार भएका थिए । तामाङ तीन वर्षअघि बलात्कारको आरोपमा दोषी ठहर भई कारागारमा थुनिएका थिए । जेलबाट भागेर घर पुगेका तामाङले श्रीमती मनीषालाई हत्या गरेका हुन् ।

पनौतीका वडाध्यक्ष जयराम केसीका अनुसार श्रीमती मनीषासँगको आन्तरिक विवादका कारण तामाङले हत्या गरेको आशंका गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिँदै भने, ुहत्या गरेकै दिन तामाङ नक्खु कारागार फर्किएको पाइएको छ ।

प्रहरीले तामाङलाई कारागार फर्किएपछि काभ्रे प्रहरीको टोली नक्खु कारागार पुगेको छ । उनीमाथि अहिले कर्तव्य ज्यानको मुद्दामा थप अनुसन्धान गर्न थालिएको छ । तामाङको १२ वर्षीय छोरा र ३ वर्षीय छोरी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *