बालेनलाई हर्कको जवाफ, देश रोएको बेला ऊ हाँस्दै बसेको छ !

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३१

काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच सामाजिक सञ्जालमा रोचक घोचपेच चलिरहेको छ ।

यसअघि पटकपटक बालेनलाई लक्षित गरेर हर्कले सामाजिक सञ्जाल फेसबुकमा निरन्तर लेख्न थालेपछि मंगलबार बालेनले जवाफ लेखेका थिए ।

हर्कले बालेनको त्यही स्टाटसलाई लक्षित गरेर स्टाटस लेखेका हुन् । उनले बालेनमाथि गम्भीर आरोप समेत लगाएका छन् । देश रोएका बेला बालेन हाँस्दै बसेको हर्कको भनाइ छ ।

उनले लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ? भन्दै बालेनमाथि प्रश्न गरेका छन् ।

‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ !’, हर्कले लेखेका छन् ।

यसअघि बालेनले हर्कलाई आफूलाई जति गाली गरे पनि माया गर्न नछोड्ने बताएका थिए ।

‘डियर हर्क साम्पाङ,तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माई  ट्रु लभ’, बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

हालै भएको जनेजी विद्रोहपछि साम्पाङ प्रधानमन्त्रीको माग गर्दै काठमाडौं आएका थिए । उनले बालेनसँग पनि सहयोग मागेका थिए । तर, बालेनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेपछि साम्पाङ चिढिएका थिए ।

त्यसपछि उनले बालेनलाई लक्षित गरेर पटक पटक फेसबुक स्टाटस लेखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *