|
२०८२ भाद्र २८
काठमाडौं — जेनजी आन्दोलनका क्रममा सुरक्षाका कारण देखाउँदै नेपाली सेनाले नियन्त्रणमा लिएका निवर्तमान मन्त्रीहरूलाई आजबाट घर फर्कन अनुमति दिइएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उनका मन्त्रीपरिषद्का सदस्यहरू र पार्टी प्रमुखहरू सेनाको निगरानीमा राखिएका थिए।
सेनाले उनीहरूलाई विभिन्न सैनिक गणहरूमा राखेको थियो, जसअन्तर्गत केही मन्त्रीहरू भैरवनाथ गणमा थुनामा थिए। सेनाले उनीहरूलाई नियन्त्रणमा लिँदा मोबाइल फोन प्रयोग गर्न पनि रोक लगाइएको थियो।
यद्यपि, सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा शपथ गरेपछि नियन्त्रणमा रहेका नेताहरूलाई मोबाइल प्रयोग गर्न छुट दिइएको थियो।
आज सेनाले भैरवनाथ गणमा रहेका निवर्तमान मन्त्रीहरूलाई मुक्त गरेको र उनीहरूलाई घर जान अनुमति दिइएको एक मन्त्रीले जानकारी दिएका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्