काठमाडौं: प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि शीतल निवास पुगेका छन्। देशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेसँगै शीतल निवासमा उच्चस्तरीय छलफलहरु भइरहेका छन्।
राष्ट्रपति पौडेलले जेन–जी पुस्ताले प्रस्ताव गरेको नाम अनुसार सुशिला कार्कीलाई नयाँ प्रधानमन्त्री बनाउने तयारी गरेका छन्। यसै सन्दर्भमा हिजो राति राष्ट्रपति पौडेलले प्रधानसेनापति सिग्देल र प्रस्तावित प्रधानमन्त्री कार्कीसँग सघन वार्ता गरेका थिए।
तर, संसद् विघटन गरेर नयाँ निर्वाचनमा जाने कि वर्तमान संसदलाई कायम राखेर समाधान खोज्ने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। राष्ट्रपति पौडेलमाथि राजनीतिक दल, संविधानविद्, मानवअधिकार संस्थाहरू, र नागरिक समाजका अगुवाहरूले संविधानमै रहेर समाधान निकाल्न दबाब दिइरहेका छन्।
शीतल निवासमा जारी वार्तामा जेन–जी पुस्ताको तर्फबाट ‘हामी नेपाल’का संयोजक सुधन गुरुङ पनि सहभागी भएको बताइएको छ। आजै वार्तामा सहमति जुटेमा राष्ट्रपति पौडेलले सुशिला कार्कीलाई नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने सम्भावना छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्