कारागारबाट भागेका कैदीबन्दीहरू सम्पर्कमा आउन थाले

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

कञ्चनपुर — मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका ४५५ मध्ये हालसम्म ११७ कैदीबन्दीले कारागार प्रशासनसँग सम्पर्क गरेका छन्।

केहीले फोन गरी फर्किने बताएका छन् भने केही इलाका प्रहरीले पक्राउ गरी कारागारमा बुझाएका छन्।

बुधबार मात्रै भारतीय सीमा क्षेत्रमा आठ जना कैदी नियन्त्रणमा लिएर नेपाल प्रहरीले कारागारमा फिर्ता गराएको छ।

कारागारमा ४७८ कैदी थिए जसमा २३ जना भागेका छैनन्। यहाँ लागुऔषध, महिला हिंसा, चोरी, जबर्जस्ती करणी, र ज्यान मुद्दाका कैदी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *