टोपबहादुर सम्पर्कमा, जेल जान तयार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २६

काठमाडौं : नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार प्रशासनसँग सम्पर्कमा आएका छन् । उनले प्रशासनलाई आफू फेरि कारागार फर्कन तयार रहेको जानकारी दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि करिब दुई वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा रहे पनि रायमाझी गत मंगलबार भागेका थिए । सो दिन जेन–जीको आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट झण्डै ३ हजार ३ सय कैदीबन्दी भागेको विवरण सार्वजनिक भएको थियो ।

टेलिफोनमार्फत सम्पर्क गर्दै रायमाझीले आफू पुनः कारागार फर्कन इच्छुक रहेको बताएका छन् । कारागार प्रशासनले भने उनलाई निरन्तर सम्पर्कमै रहन आग्रह गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *