रौतहटको गौर कारागारबाट २३३ कैदि भागे,कारागारमा झडप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौं । रौतहटको गौर कारागारबाट २३३ कैदि भागेका छ्न् भने पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको कारागारबाट भाग्ने प्रयास जारी राखेका छन् ।

मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ३४ जना कैदीबन्दीलाई सुरक्षाकर्मिले पक्राउ गरेको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए ।

भागेकाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए । यता बिर्ता कारागारमा सुरक्षाकर्मीसँग झडप भइरहेको छ ।

झडप भइरहेको बेला नेपाली सेनाको टोली पुगेको छ । सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *