सिभिल अस्पतालको तथ्यांक: जेनजी आन्दोलनमा ४५६ भर्ना, ६ को मृत्यु, २३ को उपचार जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

काठमाडौं। निजामती कर्मचारी सिभिल अस्पतालले जेनजी आन्दोलनमा घाइते भएकाहरूको विवरण सार्वजनिक गरेको छ।

भदौ २३ देखि २७ गते बिहान १० बजेसम्म ४५६ जना घाइते उपचारका लागि आए, जसमा ३६३ जना सामान्य उपचारपछि फर्किए, ४४ जना अन्य अस्पताल रेफर भए र ४९ जना भर्ना भए। भर्ना भएकामध्ये ४४ जनाको शल्यक्रिया र ७ जनाको पुन: शल्यक्रिया भयो।

हाल २३ जनाको उपचार जारी छ भने ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *