|
२०८२ भाद्र २५
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनालाई “हृदयविदारक” भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मा नेपाली भाषामा सन्देश दिँदै उनले भने, “धेरै युवाले ज्यान गुमाउनु पर्नु दुखद छ। नेपालको शान्ति, स्थिरता र समृद्धि अत्यन्तै महत्वपूर्ण छ। सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई शान्ति कायम राख्न विनम्र अपील गर्दछु।”
उनले सुरक्षा समितिको बैठकमा नेपालका घटनाक्रमबारे विस्तृत छलफल भएको जानकारी पनि दिएका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्