|
२०८२ भाद्र २४
काठमाडौं ।भक्तपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। मध्यपुर थिमी, सूर्यविनायक, र भक्तपुर नगरपालिका क्षेत्रभित्र आवतजावत, सभा, जुलुस, प्रदर्शन, तथा भीडभाड पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।
कर्फ्यू लागेका मुख्य क्षेत्रहरू:
- जडीबुटी–राधेराधे–बालकोट, पेप्सीकोला क्षेत्र
- अरनिको राजमार्ग साँगासम्म, मनोहरा पुलदेखि निकोसेरा चोक
- कौशल्टार, बालकोटचोक, चारदोबाटो क्षेत्र
- सल्लाघारी–नगरकोट मार्ग, कमलविनायक, खरिपाटी
- च्यामासिंह, ताथली हुँदै नालासम्म
- देकोचा, चाँगुनारायण मन्दिर क्षेत्र
- नेपाल इन्जिनियरिङ कलेज आसपास
प्रशासनले शान्ति सुरक्षाको कारण देखाउँदै कर्फ्यू आदेश जारी गरेको हो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्