प्रधानमन्त्री ओलीको अडान: सामाजिक सञ्जाल बिना नियमन खोल्न सकिंदैन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु तत्काल खोल्न नसकिने स्पष्ट पारेका छन्। नेपाली कांग्रेसका पदाधिकारीहरुले प्रतिबन्ध हटाउन आग्रह गरेको प्रस्ताव आए पनि प्रधानमन्त्री ओलीले कम्पनीहरुले दर्ता गर्न अनिच्छुक रहेको र नियमन नहुँदा खोल्न नहुने अडान राखेका छन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल दर्ता कूटनीतिक माध्यमबाट अघि बढाउनुपर्ने र तत्काल केही समाधान आवश्यक रहेको बताए। तर ओलीले भने, “नियमन बिना खोल्न सकिँदैन,” भनी सुझाव अस्वीकार गरे।

यसैबीच, गृहमन्त्री रमेश लेखकले पनि प्रतिबन्ध हटाउन माग गरे पनि प्रधानमन्त्री ओलीको अडान परिवर्तन भएन। बैठकपछि प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *