संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गएको कारण काठमाडौंको बागमती नदी किनारमै शवको अन्त्येष्टि गर्न सुरू गरिएको छ।
पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएकाले बागमती नदी किनारमा अस्थायी चिता बनाएर शव जलाउन थालनी गरिएको हो।
कोरोना संक्रमितहरूको शव व्यवस्थापनको काम नेपाली सेनाद्वारा गरिदै आएको छ।
सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लव पौडेलले बागमती नदी किनारामा आठ वटा अस्थायी चिता तयार पारेर सोमबारदेखि शव अन्त्येष्टि सुरू गरेको जानकारी दिनुभएको छ।
‘आज दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि सेनालाई अनुरोध आएको छ,’ उनले भने, ‘हामीले शव व्यवस्थापनका काम सुरू गरिसकेका छौं।’विद्युतीय शवदाह गृहमा शव लैजाने गरे पनि त्यहाँ क्षमताभन्दा धेरै शव जम्मा भएपछि बागमती किनारामा चिता बनाएर अन्त्येष्टिका काम सुरू गरिएका हुन्।
‘पशुपति क्षेत्र विकास कोषसँग समन्वय र सहकार्य गरी विद्युतीय शवदाह गृह र बागमती नदी किनारमा पनि शव अन्त्येष्टि गर्न सुरू गरिएको छ,’ उनले भने।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्