अन्त्येष्टि गरेको ६ दिनमा निकालियो शव

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १४

गोरखा : गोरखामा अन्त्येष्टि गरेको ६ दिनमा शव निकालिएको छ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ भण्डारी गाउँकी ४५ वर्षीया रनमाया गुरूङ साउन ४ गते राति १२ बजे घरभित्रै मृत फेला परेकी थिइन्। आत्महत्या गरेर उनको मृत्यु भएको श्रीमान् मारज गुरूङले बताएपछि गाउँलेहरूले साउन ५ गते जातीय परम्पराअनुसार शव जमिनमा गाडेर अन्त्येष्टि गरेको खुलेको छ।

तर घटना शंकास्पद रहेको भन्दै मृतकका दाजु सुकपाल  गुरूङले प्रहरी चौकी सौरपानीमा साउन १० गते उजुरी दिएका थिए। साउन ११ गते जिल्ला प्रहरी कार्यालय र प्रहरी कार्यालय जोबारी तथा गोरखा अस्पतालबाट विशेषज्ञ चिकित्सक समेतको टोली घटनास्थल पुगेर शव निकालेको छ।

गाडेको ठाउँबाट शव निकालेर प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धानका  लागि फरेन्सिक मेडिसिन विभाग काठमाडौं  पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *