सुन्धाराको प्रहरी बिटमा आगजनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २३

काठमाडौं । जेनजी प्रदर्शनकारीले सुन्धारास्थित प्रहरी बिटमा आगो लगाएका छन् । आगलागी नियन्त्रणमा आइसकेको छ ।

त्यहाँ कार्यरत एक प्रहरीका अनुसार बानेश्वरबाट लखेटिएका प्रदर्शनकारी त्यहाँ पुगेका थिए । उनीहरूले साँझ पौने ६ बजे आगो लगाए ।

प्रदर्शनकारीको संख्याभन्दा प्रहरी कम भएका कारण तत्काल प्रतिकार गर्न नसकिएको ती प्रहरीले बताए । तर, उनीहरू फर्किएपछि आगलागी नियन्त्रणमा लिइएको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *