देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १९

काठमाण्डाै – राति प्रदेश-१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले जनाएका छन् ।

भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

अहिले पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरिनै मौसम बद्ली हुने अनुमान गरिएको छ। आज दिउँसो वाग्मती र गण्डकी प्रदेश लगायत केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

रातिको मौसम पनि यस्तै रहने अनुमान छ । भोलि पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *