११ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ। भेटमा मन्त्री भण्डारीले नेपाल–अमेरिका व्यापारमा अमेरिका दोस्रो ठूलो निर्यात गन्तव्य भए पनि निर्यात वृद्धि अपेक्षाअनुसार नभएको उल्लेख गर्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रम (NTPP) विस्तारको आग्रह गर्नुभयो।
उहाँले सन् २०२६ मा नेपाल अति कम विकसित देशको सूचीबाट बाहिरिने तयारीलाई ध्यानमा राखी थप ३१ वस्तुमा पनि भन्सार छुट दिन अनुरोध गर्नुभयो। राजदूत थोम्पसनले नेपालका चासो वासिङ्टनमा उठाउने प्रतिबद्धता जनाउँदै बौद्धिक सम्पत्तिको क्षेत्रमा सहकार्यका लागि अमेरिका तयार रहेको जानकारी दिनुभयो।
दुबै पक्षले व्यापार तथा लगानी प्रवर्द्धनका लागि निरन्तर सम्पर्क र सहकार्य बढाउने सहमति व्यक्त गरेका छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्