१५ वर्षअघि धौलागिरिमा दुर्घटनाग्रस्त भएको हेलिकप्टर र दुई शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १७

काठमाडौं । धौलागिरिमा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर फेला परेको छ ।

नेपाली सेनाको टोलीले उक्त २ वटा शव र हेलिकप्टर धौलागिरी बेस क्याम्पनजिकै बुधबार भेटाएको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले दिएको जानकारी अनुसार हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला हो ।पौडेलले हेलिकप्टरभन्दा केही समय टाढा शव फेला परेको र ती शवको पहिचान नखुलेको बताए ।

‘ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन भन्ने पनि खुलेको छैन, बेस क्याम्पदेखि दुई सय मिटर दक्षिण शव फैला परेका छन्,’ पौडेलले भने, ‘एयर डायनेष्टीको हो भन्ने पुष्टि भइसक्यो, यसबारे विस्तृत जानकारी आउन बाँकी छ।’ उनले भने ।

हेलिकप्टरको अवशेष भने बेस क्याम्पबाट एक किलोमिटर दुरीमा रहेको पौडेलको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *