काठमाडौंमा माप्यदुधकोशी गाउँपालिकाको दुई दिने सेवा शिविर सम्पन्न, १२२६ भन्दा बढीले सेवा लिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २८

काठमाडौं, साउन २८ – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सञ्चालन गरेको दुई दिने एकीकृत सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट १२२६ भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।

गाउँपालिकाबाट अस्थायी रूपमा काठमाडौंमा बसोबास गरिरहेका नागरिकहरूलाई लक्षित गर्दै वर्षायाममा गाउँ फर्किन असहज हुने अवस्थालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको हो।

शिविरमा जन्म, मृत्यु, बसाई सराई, सम्बन्धविच्छेद दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भूमि कर संकलन, राष्ट्रिय परिचयपत्र परिचयपत्र वितरण लगायत वडास्तरबाट प्रदान हुने सबै प्रकारका सिफारिस सेवाहरू उपलब्ध गराइएको थियो।

अशक्त, वृद्धवृद्धा, विद्यार्थी, व्यवसायी र रोजगारीमा संलग्न सेवाग्राहीलाई लक्षित गरी सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको शिविर दुई दिनसम्म सञ्चालन भएको थियो।

गाउँपालिकाका अध्यक्ष र अन्य प्रतिनिधिहरूको सक्रिय सहभागितामा सम्पन्न भएको यस अभियानले गाउँपालिकाको प्रशासनिक पहुँचलाई विस्तार गर्नेशहरी क्षेत्रमा बस्ने गाउँबासीको सेवा प्रवाहमा सहजता ल्याउने विश्वास लिइएको छ।

गाउँपालिकाले भविष्यमा पनि यस्ता शिविरहरू अन्य शहरहरूमा समेत सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *