काठमाडौं । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दुई दिने एकीकृत सेवा शिविर सुरु गरेको छ । गाउँपालिकाले काठमाडौँमा अस्थायी रुपमा बसोबास गरेका नागरिककलाई लक्षित गरि उक्त शिविर सञ्चालन गरेको हो ।
अशक्त, बृद्धबृद्धा, व्यवसायी, विद्यार्थी, रोजगारीमा संलग्न गाउँपालिकाका सम्पूर्ण सेवाग्राहीलाई बर्षातको समयमा गाउँ जान समस्या हुने भएकाले नागरिकको सहजताको लागि शिविरको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।
शिविरमा पञ्जिकरणतर्फ जन्म, मृत्यु, बसाईसराई र सम्बन्धविच्छेद दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भुमी कर संकलन, राष्ट्रिय परिचयपत्र वितरण, जेष्ठ नागरिक परिचयपत्र साथै वडाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु र सिफारिस वितरण गरिएको छ ।
शिविर काठमाण्डौँको नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आज र भोलि २ दिनसम्म सञ्चालन हुनेछ । यो पहलले प्रशासनिक पहुँच विस्तार गर्नुका साथै ग्रामीण नागरिकको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्