नेचासल्यान गाउँपालिकाको घुम्ती सेवा : १,१६९ जनाले सेवा लिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २३

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाडौं उपत्यकामा रहेका आफ्ना नागरिकलाई लक्षित गरी सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट १,१६९ जनाले सेवा लिएका छन्।

वडा नं. १ देखि ५ सम्मका नागरिकले सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भूमि कर संकलन, पारिवारिक सिफारिस (जन्म, मृत्यु, विवाह, बसाइँसराइ), जेष्ठ नागरिक परिचयपत्र र राष्ट्रिय परिचयपत्र वितरणजस्ता सेवा प्राप्त गरेका हुन्।

शिविरमार्फत १२ जना जेष्ठ नागरिक परिचयपत्र पाएका छन् भने ३१३ जनालाई राष्ट्रिय परिचयपत्र वितरण र २०४ जनाको दर्ता गरिएको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *