रास्वपा पुग्यो निर्वाचन आयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण ४

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर छलफल गरेका छन् ।

भेटपछि महामन्त्री बुर्लाकोटीले निर्वाचन आयोगले पदाधिकारी हेरफेरमा विलम्ब गरेको बुझ्न आएको जानकारी दिनएका छन् ।

आयोगले रास्वपाका पदाधिकारी हेरफेर अद्यावधिक नगर्दा पूर्वमहामन्त्री त्यही पूर्ववत् पदमा फर्कन पाउनुपर्ने मागसहित सर्वोच्च अदालत गएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *