माप्यदुधकोशी गाउँपालिकामा मेलमिलाप कर्ता छनौट तथा मेलमिलाप सम्बन्धि ८ दिने तालिम सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र २२

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकामा मेलमिलाप कर्ता छनौट तथा मेलमिलाप सम्बन्धि ८ दिने तालिम सुरु भएको छ ।
गाउँपालिका न्यायिक समितिको आयोजना तथा प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा उक्त कार्याक्रम आयोजना गरिएको हो ।

न्यायिक निरुपणलाई सरल र विश्वासिलो बनाउने उद्देश्यले समितिले मेलमिलाप कर्ता छनौट तथा मेलमिलाप कर्ताहरुको लागि आधारभूत तालिम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । शुक्रबारबाट सुरु भएको तालिम २९ गते सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *