पाथीभरा केबलकार विवादबारे सांसदसँग छलफल गर्दै गृहमन्त्री

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन १५

काठमाडौं : पाथीभरा केबलकार विवाद बारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् । आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको बताएका हुन्।

उनले सरकारी वार्ता टोलीका तर्फबाट आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको बताए। ‘पत्रको मस्यौदा तयार हुँदै छ, हामी आज नै वार्ताका लागि आन्दोलनरत पक्षलाई औपचारिक पत्र लेखेर वार्ताका लागि आह्वान गर्ने छौँ’ भट्टराईले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *