|
२०८१ माघ २३
काठमाडौं : मानव तस्करी तथा ठगी अभियोगमा प्रहरीले एक जना कांग्रेस नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल रहेका छन्।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ। विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ। पीडितहरूको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्