मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन जरूरी छ : महामन्त्री शर्मा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ १

झापा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताएका छन्।

गृहजिल्ला झापाको मेचीनगरमा सोमबार पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा संसद्का दुई ठूला दल मिलेर बनाएको सरकारले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए। ‘यो सरकार अहिलेको आवश्यकता हो। प्रधानमन्त्रीमा केही गरौँ भन्ने भावना पनि छ।

उहाँलाई बलियो बनाएर लैजाने हाम्रो चाहना पछि छ तर मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन भने जरूरी छ,’ महामन्त्री शर्माले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *