महामन्त्री शर्मा ओली नेतृत्वको सरकारमा नजाने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २७

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नजाने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा महामन्त्री शर्माले भावी सरकारमा नजाने बताएका हुन्। सभापति, उपसभापति र महामन्त्रीका पाँच प्रमुख पदाधिकारीमा हालसम्म सरकारमा सहभागी नहुने शर्मा मात्रै छन्।

दुई ठूला दल मिलेर सरकारमा जाँदा प्रतिपक्षको शक्ति कमजोर हुने कतिपयको चिन्ता स्वाभाविक रहेको उनले सुनाए। ‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ,’ शर्माले अगुवा कार्यकर्ता भेलामा भने, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न।’

१७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो। दुई दलबीचच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन। कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने व्यक्तिहरुका बारेमा चर्चा भइरहे पनि टुंगो भने लागिसकेको छैन। शर्माले अर्का महामन्त्री गगन थापाको नेतृत्वमा सरकारमा सहभागी हुनु कांग्रेसका लागि उपयुक्त हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *