आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्छ : सिटौला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ८

काठमाडौँ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन्। सोमबार काठमाडौँमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी समेत गरे।

अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्दैै उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस/अपजस लिनुपर्नेमा जोड दिए।

‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ, एक्लै जान्छौँ चुनावमा,’ सिटौलाले भने, ‘एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो। त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान।’

राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पुर्‍याउनुपर्ने समेत बताए। ‘जनताका अधिकार पुरा कार्यान्वयन गर्न धेरै काम बाँकी छ,’ सिटौलाको भनाइ छ, ‘कानुन बनाउन, योजना निर्माण गर्न धेरै काम बाँकी छ। शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम बाँकी छ। तर जे जति गरेका छौँ, हामीले नै गरेका छौँ। नेपाली कांग्रेस पार्टीले गर्न सकेन भने कुनै पार्टीले गर्ने लक्षण देखाएको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *