महाकुलुङ गाउँपालिकामा विद्यालय सुधार तर्जुमा कार्यशाला 

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १

सोलुखुम्बु । जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा महाकुलुङ गाउँपालिकामा विद्यालय सुधार तर्जुमा कार्यशाला सम्पन भएको छ । पहाडी विकास तथा संरक्षण समूह नेपालले गाउँपालिकामा २ दिने कार्यशाला तर्जुमा कार्यक्रम सम्पन्न भएको हाम्रा प्रतिनिधि प्रमिशन कुलुङले जानकारी दिनुभयो । पेल्माङ आधारभूत विद्यालय पेल्माङ,  सगरमाथा माध्यमिक विद्यालय बुङ,  जनसुधार आधारभूत विद्यालय गरि ३ वटा विद्यालयका  विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रधानध्यापकहरुसँग कार्यक्रम गरेको जनाएको छ ।  कार्यक्रमको सहजिकरण  जी फाउण्डेशनको बरिष्ठ शिक्षा अधिकृत ललिता तामाङले गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *