तपाईंको आजको राशिफल : आज मिति २०८१ साल मंसिर १५ गते शनिवार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर १५

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। यात्रा सुखमय र राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा नयाँ निर्णयहरूबाट लाभ मिल्नेछ। लिएको ऋणबाट मुक्ति मिल्नेछ। आम्दानी अनुसारको खर्च गर्नुहोस्। पुरानो मित्रहरूसँग भेटघाट हुने सम्भावना रहेको छ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा समय भन्दा पूर्व कार्य सम्पादन हुनेछ। व्यापारमा मनग्य लाभ मिल्नेछ। सल्लाह दिनबाट बच्नुहोस्। मित्रहरूको माध्यमबाट कारोवारको काम सम्पादन हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अगाडि गरेको कार्यबाट शुभ सूचना मिल्नेछ। छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ। व्यापारमा थप लगानी लगाउने समय रहेको छ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अङ्क ४ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक क्षेत्रमा वा कारोवारमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यस्थलमा आफ्नो जिम्मेवारी निभाउन गाह्रो पर्ला सतर्क भएर कार्य गर्नुहोस्। हजुरको मधुर व्यवहारले रोकिएका कार्य सम्पादन हुनेछन्। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा जीवन साथीको सहयोग मिल्नेछ। कार्यशैलीमा बदलावको कारणले व्यापार व्यवसायमा ठूलो लाभ हुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्। अज्ञात भयले मन अशान्त रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सञ्चित धनमा वृद्धि हुनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा गर्नुपर्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। शेयर मार्केटमा लगानी लगाउनु भन्दा अघि सल्लाह लिनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा धोका मिल्न सक्छ। राजनीतिक क्षेत्रमा शत्रुहरूले खुट्टा तान्नेछन्। सामाजिक सञ्जालमा बोल्दाखेरि विचार पुर्याउनुहोला। विदेशबाट शुभ सुचना मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समाजमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा आधिकारिक वर्गहरू कामबाट सन्तुष्ट रहनेछन्। प्रेम सम्बन्ध सुमधुर रहनुका साथै दाम्पत्य जीवनमा जीवन साथीको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक रोजगारको लागि समय लाभप्रद रहेको छ। अगाडि गरिएका कार्यबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्यलाई लिएर ध्यान राखौं। कार्यक्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *