भारतीय सेनाध्यक्ष द्विवेदीले आज प्रधानमन्त्री ओलीसँग भेट गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ७

काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्दैछन्। द्विवेदीले आज दिउँसो साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यसूची छ। प्रधानमन्त्रीलाई भेट्नुअघि द्विवेदीले रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गर्नेछन्।

बुधबार दिउँसो काठमाडौं आइपुगेका द्विवेदीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्राप्त गरेका छन्। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

त्यस अघि उनले हिजै प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्। उनी पाँच दिनका लागि नेपाल आएका हुन्। सेनाध्यक्षमा नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *