रास्वपाको विरोध प्रदर्शन आज पनि जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ६

कास्की : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ।

पार्टीले पोखराको जिरो किमिमा आज दिउँसो १ः३० बजे भेला हुनका लागि आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ। यसअघि सोमवार पनि रास्वपाले पोखराकै पृथ्वी चोकमा प्रदर्शन गरेका थिए। सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेलाई शुक्रवार पक्राउ गरेदेखि नै रास्वपाले विरोध प्रदर्शन जारी राखेको छ।

आइतवार जिल्ला अदालत कास्कीमा पेस भएका लामिछानेलाई अदालतले छानबिन गर्न ६ दिनको म्याद थप दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *