भेटियो रुद्रमतीमा खसेको ट्याक्सी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ३१

काठमाडौं : आइतबार राति करिब साढे ८ बजेको समयमा रुद्रमतीमा खसेको ट्याक्सी आज यूएन पार्कअगाडि फेला परेको छ ।

बा. २. ज. १७९२ नं. हिजो काठमाडौं महानगरपालिका-२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर बेपत्ता भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट २ जना गोताखोरसहित खटिएको ११ जनाको टोलीले आज बिहान काठमाडौं महानगरपालिका-११, थापाथलीस्थित यूएन पार्कअगाडि उक्त ट्याक्सी फेला पारेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *