हमासका शीर्ष नेता हानिया इजरायली आक्रमणमा मारिए

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १६

काठमाडौँ : इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको छ। बीबीसीका अनुसार हमासले ईरानको राजधानी तेहरानमा गरेको आक्रमणमा परी हानियाको मृत्यु भएको पुष्टि गरेको छ।

हमासले आज एक वक्तव्य जारी गर्दै तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको आक्रमणमा परी उनको निधन भएको बताएको हो। तर, यसबारेमा इजरायलको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन।

हमासका अनुसार कतारमा रहँदै आएका हानिया ईरानका नयाँ राष्ट्रपति मसूद पेजेश्कियानको पदभार ग्रहण समारोहका लागि तेहरान गएका थिए।

ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) का अनुसार हानियासँगै उनका एकजना सुरक्षाकर्मी पनि आक्रमणमा मारिएका छन्। हनिया मारिएको बारेमा ईरानी सरकारी सञ्चार माध्यमहरूले पनि पुष्टि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *