काठमाडौंमा आवासीय बहाल कर घटाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ५

काठमाडौँ : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आवासीय घरबहाल करको दर घटाउने निर्णय गरेको छ। वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा बढी बहाल आम्दानी हुने घरधनीले अब १० प्रतिशतको सट्टा ७ प्रतिशत कर तिर्नुपर्नेछ भने सोभन्दा कम आम्दानीमा ५ प्रतिशत कर यथावत रहनेछ।

महानगरले असोज मसान्तभित्र कर तिर्ने नयाँ करदातालाई १० प्रतिशत छुट तथा बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा गर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *