सुनको मूल्यमा सामान्य गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ३

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार मात्र ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको हो ।

बुधवार कायम भएको मूल्य हालसम्मकै रेकर्ड मूल्य हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *