|
२०८१ असार २२
हेटौंडा : अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ ।
वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुनःसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरो खस्दा गएरातीदेखि सो सडक अवरुद्ध भएको थियो ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्