अग्नि सापकोटाविरुद्धको रिटको फैसला साउन २३ मा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २१

काठमाडौँ : सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटको फैसलाको मिति साउन २३ को नयाँ मिति तोकेको छ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मुद्दा चलाउन माग राखी दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजालसले बहस सुनिसकेर यसअघि नै निर्णय सुनाउने दिन तोकिसकेको थियो। असार १२ गते निर्णय सुनाउने भनिएकामा प्रधानन्यायाधीशपछिका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत अनुपस्थित भएका थिए। उनी अदालतको निरीक्षण गर्न भन्दै बाग्लुङ पुगेका थिए । उक्त निर्णय सुनाउने तिथि पनि न्यायाधीश राउत सम्मिलित इजलासले नै तोकेको थियो।

गत जेठ २३ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउन असार १२ को दिन तोकेको थियो। राउत उपस्थित नभएपछि त्यस दिन विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र मनोजकुमार शर्मा भएको बेग्लै इजलास गठन भएर अन्य मुद्दाको सुनुवाइ गरिएको थियो।

अब उक्त रिटको फैसला सुनाउन सर्वोच्च अदालतले साउन २३ को नयाँ मिति तोकेको छ। २०६९ मंसिरमा काभ्रेकी अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *