नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १२

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा दाहालले परियारलाई गितार उपहार दिएका थिए ।

प्रधानमन्त्री दाहालले सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए।सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *