×

क्रिकेट खेलाडीलाई बालुवाटारमा प्रधानमन्त्रीको निम्तो

चैत्र ३, २०७९ | दाक्सु मिडिया सम्वाददाता

 प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेटका खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन् ।

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए ।

विश्व क्रिकेट लिग टूमा बिहीबार युएईलाई पराजित गरेसँगै नेपाली टिम विश्वकपका लागि योग्य भएको छ 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: