मुलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर एकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १८

काठमाडौं – काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र श्रेष्ठ छन् ।


भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए ।

ढिस्कोले पुरिएर ३५ वर्षीय धनबहादुर मगर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । धनबहादुरको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *