घट्यो सुनको मूल्य, तोला कति छ आज ?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १३

काठमाडौँ – नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । बिहिबारको तुलनामा आज शुक्रबार छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार,बिहिबार प्रति तोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोछापावाला सुनको मुल्य शुक्रवार प्रति तोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *