गठबन्धनलाई बहुमत पुर्‍याउन राजीनामा दिने तयारीमा कोशीका सभामुख गौतम

DaksuMedia दाक्सु मिडिया
|
२०८० श्रावण १६

कोशी प्रदेशका तत्कालिन मुखयमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक ठहर गर्दै सर्वोच्चले नयाँ सरकार बनाउन परमादेश दिएपछि तातेको कोशीको राजनीतिक सरगर्मी बढ्दो छ ।
सर्वोच्चको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारमा दाबी पेस गर्न दिएको समय आज साँझ सकिँदैछ । सत्तारुढ दलहरुले बहुमतका लागि राप्रपालाई फकाउन नसकेपछि सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने भएका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर आजै कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने गठबन्धन दलहरुको तयारी रहेको छ ।
केन्द्रीय नेतृत्वको दवाव सहर राजीनामा नदिने मनस्थितीमा रहेका गौतम अन्तत नेतृत्वको दवाव थेग्न नसकेपछि राजीनामा दिने तयारीमा लागेको उच्च स्रोतले जनाएको छ ।
कोशी प्रदेशमा नेपाली कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएपछि सभामुखलाई राजीनामा दिन लगाउन लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

2 Comments

  1. GDIZ

    August 4, 2023

    Hi! Sorry i just curious, what template did you use for your website? I want to use it on my website at https://www.gdiz.eu.org

  2. cheap viagra paypal

    November 25, 2023

    cheap viagra paypal

    गठबन्धनलाई बहुमत पुर्‍याउन राजीनामा दिने तयारीमा कोशीका सभामुख गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *