थ्री नेसन्स कप : नेपाल र किर्गिस्तान भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १२

काठमाडौँ – थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
नेपाल आज किर्गिस्तानलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ । नेपाल किर्गिस्तानलाई हराएर फाइनल पुग्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् ।
मुख्य प्रशिक्षक महर्जनले प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन बताइसकेका छन् । किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ ।

मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *