एसईई परीक्षामा 4GPA ल्याउने विद्यार्थीलाई थुलुङदुधकोशीमा आकर्षक पुरस्कार

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २

एसईई परीक्षा नजिंकिदै गइरहेका बेला जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सर्बोत्कृष्ट जीपीए ल्याउने विद्यार्थीका लागि आकर्षक पुरष्कारको घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष अशिम राईले बुधबार गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुबाट उच्च जिपीए ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सो पुरस्कार दिने निर्णय गरेका हुन् । विद्यार्थीहरु पढ्ने बानी हट्दै गएका बेला गाउँपालिकाले गरेको यो निर्णयले सकारात्मक प्रभाव पार्ने स्थानीय बुद्धिजीवीहरुको प्रतिक्रिया छ।

अध्यक्षस्तरीय निर्णय अनुसार 4GPA ल्याउने प्रति विद्यार्थीलाई एक लाख रुपैयाँ नगद र 3.6GPA देखि 4GPA सम्म ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी २५ हजार नगद प्रोत्साहन स्वरुप प्रदान गरिने पालिकाका शिक्षा शाखा प्रमुख गणेश बहादुर गुर्धामीले जानकारी दिए। यश बर्षको एसईई परीक्षा चैत १७ गतेदेखि सुरु हुंदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *